Micah 1:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका मूर्तिहरू सबै टुक्रा-टुक्रा पारिनेछन् र त्यसका मन्दिरका वेश्याहरूलाई दिइएका सबै थोक आगोले भस्म पारिनेछन् र त्यसका देवताका मूर्तिहरू ध्वस्त भएर रास लाग्नेछन्। सामरियाले ती थोकहरू वेश्याको दामस्वरूप बटुलेको थियो, अब त्यसका शत्रुहरूले अरू ठाउँमा वेश्याको दामस्वरूप ती लैजानेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका सबै मूर्तिहरू टुक्रै-टुक्रा पारिनेछन्। त्यसका सबै मन्दिरका उपहारहरू आगोले जलाइनेछन्। त्यसका सबै मूर्तिहरू म ध्वंस पारिदिनेछु। ती उपहारहरू वेश्याको ज्यालाबाट त्यसले सञ्चय गरेकी हुनाले, वेश्याकै ज्यालाहरूझैँ ती फेरि प्रयोग गरिनेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका सबै मूर्तिहरू टुक्रा-टुक्रा पारिनेछन्; त्यसका मन्दिरका सबै उपहारहरू आगोले जलाइनेछन्; म त्यसका सबै मूर्तिहरूलाई ध्वस्त पारिदिनेछु। किनकि त्यसले आफ्ना उपहारहरू वेश्यावृत्तिको ज्यालाद्वारा जम्मा गरेकी थिई; अनि फेरि पनि तिनीहरू वेश्यावृत्तिकै ज्यालाको रूपमा प्रयोग गरिनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
म त्यसका मूर्तिहरु सबै टुक्रा-टुक्रा पारिदिनेछु। सबै धन जे त्यले कमाएको छ भस्म पारिदिनेछु र म तिनीहरुको झुटा देवताहरुको मुर्तिहरु सबै ध्वंश गरिदिनेछु, जबकि यी मूर्तिहरु वेश्याबृति मार्फत बनिएका थिए। ती मूर्तिहरु फेरि वेश्याहरुलाई नै तिर्न प्रयोग हुनेछन्।