Micah 1:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामरियाका चोटहरू निको हुनेछैनन् र यहूदालाई पनि त्‍यस्‍तै चोट लाग्‍न आँटेको छ। विनाशचाहिँ मेरा प्रजा बास गर्ने यरूशलेमका ढोकामा पुगिसकेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि त्‍यसको घाउ निको हुनेछैन। त्‍यो यहूदासम्‍म आएको छ। त्‍यो मेरो प्रजाको ढोकासम्‍म पुगेको छ, अर्थात्‌ यरूशलेमसम्‍मै पुगेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि सामरियाको घाउ निको नहुने किसिमको छ; त्यो यहूदासम्म नै फैलिएको छ। त्यो मेरा मानिसहरूका ढोकासम्म नै आइपुगेको छ। त्यो यरूशलेमको सहरसम्म नै आइपुगेको छ।
Nepali ERV (पवित्र बाइबल)
सामरियाको घाऊ निको हुनेछैन। त्यसको पाप यहूदा सम्म फैलनेछ। यो मेरा मानिसहरुको शहरको प्रवेसद्वार सम्म जानेछ, किनकि यो त यरूशलेम सम्म आपुगेको छ।