Micah 2:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर इस्राएलका बाँकी रहेका तिमीहरू सबै मानिसहरूलाई म एकसाथ भेला गर्नेछु। भेडा आफ्‍नो बथानमा फर्केझैँ म तिमीहरूलाई एकसाथ जम्‍मा गर्नेछु। भेडाहरूले भरिएको चरनझैँ तिमीहरूको देश फेरि मानिसहरूले भरिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे याकूब, म निश्‍चय नै तिमीहरू सबैलाई भेला गर्नेछु। इस्राएलका बचेकाहरूलाई म निश्‍चय नै जम्‍मा गर्नेछु। म तिनीहरूलाई गोठमा भेड़ाहरूलाई झैँ र चरनमा बगाललाई झैँ एक ठाउँमा जम्‍मा गर्नेछु। त्‍यस ठाउँमा मानिसहरूको भीड़ हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे याकोब, म निश्‍चय नै तिमीहरू सबैलाई एकसाथ भेला गर्नेछु; म अवश्य नै इस्राएलका अवशेषहरूलाई एकसाथ भेला गर्नेछु। म तिनीहरूलाई गोठमा भेडाहरूलाई बटुलेझैँ एकसाथ भेला गर्नेछु। चरनमा भेडाहरूको बगाल जम्मा भएजस्तै; त्यो देश मानिसहरूको भीडले भरिनेछ।
Nepali ERV (पवित्र बाइबल)
हो, हे याकूब म निश्चयनै तिमीहरु सबैलाई भेला गर्नेछु। म इस्राएलका बाँचेका सबैलाई भेला पर्नेछु। म तिनीहरुलाई गोठका भेडा बाख्राहरु र र्खकका बिचमा बथान झैं एकै ठाउँमा भेलापार्नेछु। फेरि त्यो स्थान धेरै मानिसहरुको भिडले खचाखच र हल्ला- खल्ला हुनेछ।