Micah 2:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले तिनीहरूका निम्‍ति बाटो खोलिदिनुहुन्‍छ र तिनीहरूलाई कैदबाट डोर्‍याएर फर्काइल्‍याउनुहुन्‍छ। तिनीहरूले सहरका ढोकाहरू फोरेर छुटकारा पाई बाहिर निस्‍कनेछन्। परमप्रभु तिनीहरूका राजा स्‍वयम् तिनीहरूका अघि-अघि जानुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाटो बनाउनुहुने तिनीहरूका अगि जानुहुनेछ। तिनीहरूले ढोका भत्‍काएर बाहिर निस्‍केर जानेछन्‌। तिनीहरूका राजा तिनीहरूका अगाड़ि जानेछन्‌। परमप्रभु तिनीहरूका अगिअगि हुनुहुनेछ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले बाटो बनाउनुहुन्छ, तिनीहरूका अगि-अगि माथि जानुहुनेछ; तिनीहरूले मूलढोका भत्काउनेछन् र बाहिर निस्केर जानेछन्। तिनीहरूका राजा तिनीहरूका अगि-अगि जानेछन्; अनि याहवेह आफैँ तिनीहरूका अगुवा हुनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरु मध्ये एकजना आउनेछ, जसले पर्खाल भत्काएर जान सकनेछ। उसले पर्खाल भत्काएर मानिसको अघि बाटो बनाउने छ र मानिसको अघि बाटो तयार पार्नेछ। तिनीहरु मोक्ष प्राप्त गरेर त्यो शहर छोडेर जानेछन्। तब राजा तिनीहरुसँग जानेछन्। परमप्रभु मानिसहरुसँग हुनुहुनेछ।