Micah 2:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो समय आउँछ, जब मानिसहरूले तिमीहरूको विपत्तिको उदाहरण दिएर कथा सुनाउनेछन् र तिमीहरूका विपत्तिबारे तिनीहरूले यो निराशाको गीत गाउनेछन्: हामी पूरा नष्ट भयौं! परमप्रभुले हाम्रा जग्गाजमिन खोस्नुभयो, र हामीलाई कैदी बनाउनेहरूका हातमा सुम्पिदिनुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिन मानिसहरूले तिमीहरूलाई हाँसोमा उड़ाउनेछन्। तिनीहरूले यो विलापको गीत गाएर तिमीहरूको खिसी गर्नेछन्, ‘हामी बिलकुलै नष्ट भयौं। मेरो प्रजाको सम्पत्ति बाँड़िएको छ। उहाँले त्यो खोस्नुहुन्छ। उहाँले हाम्रा जमिनहरू हामीलाई धोका दिनेहरूलाई बाँड़िदिनुहुन्छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन मानिसहरूले तिमीहरूको खिल्ली उडाउनेछन्; तिनीहरूले तिमीहरूलाई यो विलापको गीत गाएर गिल्ला गर्नेछन्: ‘हामी पूर्ण रूपले सर्वनाश भयौँ; मेरा मानिसहरूको पैतृक सम्पत्ति बाँडिएको छ। उहाँले यो सम्पत्ति मबाट खोस्नुहुन्छ! उहाँले हाम्रा खेतहरू देशद्रोहीहरूलाई दिनुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
त्यस समय मानिसहरु तिमीमाथि हाँस्नेछन्। तिम्रो बिषयमा बिलापको गीत तिनीहरुले गाउँनेछन्। अनि भन्नेछन्, ‘हामी नष्ट भयौं, परमप्रभुले हाम्रा मानिसहरुको जमीन खोसेर अरू मानिसहरुलाई दिनुभयो। हो उहाँले मेरो जमीन हाम्रो शत्रुहरुलाई बाँडिदिनु भयो।