Micah 3:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरका शासकहरूले घुसको निम्‍ति शासन गर्छन्, पूजाहारीहरूले ज्‍यालाको निम्‍ति व्‍यवस्‍था-विधिको अर्थ खोल्‍छन्, अगमवक्ताहरूले पैसाको निम्‍ति अगमवाणी कहन्‍छन् र तिनीहरू सबै हामीसँग परमप्रभु हुनुहुन्‍छ भनी दाबी गर्छन्। तिनीहरू भन्‍छन्, “हाम्रो केही क्षति हुनेछैन। परमप्रभु हामीसित हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘त्‍यसका अगुवाहरू घूस खाएर न्‍याय गर्दछन्‌। त्‍यसका पूजाहारीहरू ज्‍याला लिएर सिकाउँदछन्‌। त्‍यसका अगमवक्ताहरू पैसाको लागि अगमवाणी गर्दछन्‌। तापनि तिनीहरू परमेश्‍वरको आड़ लिएर भन्‍छन्, “के परमप्रभु हाम्रा बीचमा हुनुहुन्‍न र? हामीमाथि कुनै खराबी आइपर्नेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका न्यायाधीशहरूले घूसका लागि न्याय गर्छन्; त्यसका पुजारीहरूले कमाउनलाई सिकाउँदछन्। अनि त्यसका अगमवक्ताहरूले पैसाको लागि भाग्य बताउँछन्। तर पनि तिनीहरूले याहवेहमा दावी गर्छन् र भन्छन्, “के याहवेह हाम्रो बीचमा हुनुहुन्‍न र? हामीमाथि कुनै विपत्ति आउनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमका न्यायधीशहरुले घुस लिएर न्याय गर्छन्। यरूशलेमका पूजहारीहरुले ज्यानलिएर ब्यावस्था सिकाउँछन्। मानिसहरुले अगमवक्ताहरुलाई पैसा दिनुपर्दथ्यो, अनि मात्र उनीहरुले कुनै दण्ड पाउँदैनथिए। उनीहरुले सोच्थे, परमप्रभुले उनीहरुलाई बँचाउँछन् अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ, यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”