Micah 3:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा प्रजालाई ती अगमवक्ताहरूले धोका दिएका छन्, जसले पैसा लिएर तिमीहरूलाई शान्ति हुनेछ भनी वचन दिन्छन् र पैसा नदिनेलाई तिमीहरू लडाइँमा पर्नेछौ भनी तर्साउँछन्। त्यस्ता अगमवक्ताहरूलाई परमप्रभु भन्नुहुन्छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्नुहुन्छ, “मेरो प्रजालाई कुमार्गमा हिँड्न लाउने अगमवक्ताहरूचाहिँ कसैले तिनीहरूलाई खान दिँदा तिनीहरू शान्तिको घोषणा गर्छन्। यदि त्यसले खान दिएन भने, त्यसको विरुद्धमा लड़ाइँ गर्न तिनीहरू तयार गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ: “ती अगमवक्ताहरू, जसले मेरा मानिसहरूलाई कुमार्गमा डोर्याउँछन्। यदि तिनीहरूले केही खानेकुरा पाए भने, तिनीहरूले ‘तिमीहरूलाई शान्ति होस्,’ भनेर घोषणा गर्छन्। तर यदि कसैले तिनीहरूलाई खानेकुरा दिएनन् भने, तिनीहरू त्यसको विरुद्धमा युद्धको तयारी गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु झूटा अगमवक्ताहरुको विषयमा भन्नुहुन्छ जसले मेरा मानिसहरुलाई पाप गर्न लगाए । ‘यदि मानिसहरुले यी झूटो अगमवक्ताहरुलाई खान दिए भने, ‘तिमीहरुलाई शान्ति होस्’ भन्दछन्, यदि ती मानिसहरुले खान दिएनन् भने तिनीहरुको विरूद्ध सेनाहरु भड्काउँछन्।