Micah 3:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे अगमवक्ताहरू हो! तिमीहरूको दिन सकिन आँट्यो, तिमीहरूलाई अन्‍धकारले छोप्‍दै छ। तिमीहरूले अगमवाणीका दर्शनहरू पाउँनेछैनौ र भविष्‍यवाणी पनि गर्न सक्‍नेछैनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिमीहरूमाथि दर्शनरहितको रात आइपर्नेछ। अन्‍धकार हुनेछ, तर तिमीहरूले जोखना हेर्न पाउनेछैनौ। अगमवक्ताहरूका निम्‍ति सूर्य अस्‍ताउनेछ, र दिनचाहिँ तिनीहरूका निम्‍ति अँध्‍यारो हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिमीहरूमाथि दर्शनबिनाको रात, र जोखनाबिनाको अन्धकार हुनेछ। अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ; अनि तिनीहरूका निम्ति दिन अन्धकार हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण यो तिम्रो निम्ति रात झैं हुनेछ, तिमीले कुनै दर्शन देख्न पाउनेछैनौ। भविष्यको गर्वमा जे लुकेको छ, तिमीले बताउन सक्दैनौ। यसकारण तिमीहरुलाई अँध्यरो जस्तै लाग्नेछ। अगमवक्ताहरुमाथि सूर्य अस्ताउनेछ। अनि उनिहरुलाई दिन पनि रात जस्तै हुनेछ।