Micah 4:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभुको मनमा के विचार छ, यी जातिहरूले जान्‍दैनन्। जसरी दाइँ गर्न खलामा अन्‍न बटुलिन्‍छ, त्‍यसरी नै दण्‍ड दिन तिनीहरूलाई भेला गरिएको हो भनी तिनीहरू बुझ्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले परमप्रभुको विचारलाई जान्‍दैनन्‌। तिनीहरूले उहाँको युक्तिलाई बुझ्‍दैनन्, उहाँ, जसले खलामा बिटाहरू जम्‍मा गरेझैँ तिनीहरूलाई जम्‍मा गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले याहवेहका विचारहरू जान्दैनन्; तिनीहरूले उहाँका योजनाहरू बुझ्दैनन्; किनकि उहाँले तिनीहरूलाई खलामा बिटाहरूजस्तै जम्मा गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरुले परमप्रभुको बिचारलाई जान्दैनन्। न त तिनीहरु उहाँको युक्तिलाई बुझ्दछन्। किनभने उहाँले खलामा बिटाहरु जम्मागरे झैं तिनीहरुलाई जम्मा गर्नु भएकोछ।

Recommended Reading