Micah 4:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “हे यरूशलेमका बासिन्दाहरू हो! गएर अब दाइँ गर म तिमीहरूलाई फलामका सिङ र काँसाका खुर भएका साँढेझैँ बलियो बनाउनेछु। धेरै जातिहरूलाई तिमीहरूले चकनाचुर पार्नेछौ र तिनीहरूले हिंसा गरेर कमाएको धन-सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे सियोनकी छोरी, उठेर दाइँ गर्, किनकि म तँलाई फलामका सीङहरू दिनेछु, म तँलाई काँसाका खुर दिनेछु, र तैंले धेरै जातिहरूलाई चूर-चूर पार्नेछस्। तिनीहरूका अधर्मको कमाइ र तिनीहरूका सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे सियोनकी छोरी, उठ् र दाइँ गर्; किनकि म तँलाई फलामका सिङहरू दिनेछु; म तँलाई पित्तलका खुरहरू दिनेछु, र तैँले धेरै राष्ट्रहरूलाई चकनाचुर पार्नेछस्।” तैँले तिनीहरूका अर्धमले कमाएको सम्पत्ति याहवेहलाई, तिनीहरूको धन सारा पृथ्वीका प्रभुलाई समर्पित गर्नेछस्।
Nepali ERV (पवित्र बाइबल)
“हे सियोन छोरी, उठ अनि दाइँ गर किनभने म तिम्रा सींङहरुलाई फलामको र तिम्रो खूरहरुलाई पीत्तलको बनाउनेछु। तिमीले धेरै जातिहरुलाई चूर-चूर पार्नेछौ र तिनीहरुको धन-सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछौ।”