Micah 4:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि ती मानिसहरूले भन्नेछन्, “हामी परमप्रभुको पर्वत उक्लेर इस्राएलका परमेश्वरको मन्दिरमा जाऔँ किनकि उहाँले हामीलाई हामीले गर्नुपर्ने काम सिकाइदिनुहुनेछ। उहाँले खटाउनुभएको बाटोमा हामी हिंड्नेछौं किनभने परमप्रभुका शिक्षा यरूशलेमबाट आउँछ र सियोनबाट वचन फैलिनेछ र उहाँ आफ्ना प्रजासँग बोल्नुहुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरै राष्ट्रहरू आएर भन्नेछन्, “आओ, हामीहरू याहवेहको पर्वतमा, याकोबका परमेश्वरको मन्दिरमा जाऔँ। उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” व्यवस्था सियोनबाट, र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्।
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरु त्यहाँआएर भन्नेछन्, “आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेशवरको मन्दिरमा जाउँ, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ। हामीहरु उहाँको मार्गमा हिंड्नेछौं।” किनभने व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।