Micah 4:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले जाति-जातिहरूका बीच र टाढा-नजिकका बलिया जातिहरूका बीच मुद्दा-मामिलाहरू छिनाफाना गर्नुहुनेछ। तिनीहरूले आ-आफ्ना तरवारहरू पिटेर हलोको फालीहरू र भालाहरू पिटेर हसिंयाहरू बनाउनेछन्। जाति-जातिहरूका बीच फेरि लडाइँ हुनेछैन, तिनीहरूले फेरि कहिल्यै युद्धको तयारी गर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले धेरै मानिसहरूका बीचमा इन्साफ गर्नुहुनेछ, र टाढ़ा-टाढ़ासम्मका बलिया जातिहरूका निम्ति झगड़ाको फैसला गर्नुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्ने हँसिया बनाउनेछन्। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले फेरि कहिल्यै लड़ाइँ गर्न तालीम लिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले धेरै मानिसहरूका बीचमा न्याय गर्नुहुनेछ, र टाढाका शक्तिशाली राष्ट्रहरूका वाद-विवाद सुल्झाउनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्, र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
उहाँले देशमा बिभिन्न मानिसहरुका बीच इन्साफ गर्नु हुनेछ र टढा सशक्त सामर्थी जातिहरुको झगडाको फैसला गर्नु हुनेछ। तिनीहरुले आफ्ना तरवारहरु पिटेर हलोको फाली र भालाहरु चाँहि हँसिया बनाउनेछन्। जाति-जातिहरुले एक-अर्काको बिहरुद्धमा तरवार चलाउने छैनन्, न त तिनीहरुले कहिल्यै लडाईं गर्न सिकनेछन्।