Micah 4:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ किन यसरी चिच्याएर रुन्छस्? स्त्रीले सुत्केरी हुने पीडा पाएझैँ तँ किन कष्ट भोग्छस्? के तेरो कोही राजा नभएकोले वा तेरा सल्लाहकारहरूको मृत्यु भएको हुनाले त्यसो भएको हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब तिमी किन चिच्याई-चिच्याई रुन्छौ। के तिम्रा राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले पक्रेको छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले तँ किन ठूलो सोरले चिच्याउँछेस्, के तेरा निम्ति कुनै राजा छैनन्? के तेरो शासक नष्ट भएको छ? के तँ प्रसव-वेदनामा परेकी एउटी स्त्रीजस्तै पीडामा परेकी छेस्?
Nepali ERV (पवित्र बाइबल)
अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ के? तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?