Micah 6:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले खान त खान्‍छौ तर अघाउँदैनौ, वास्‍तवमा तिमीहरू भोकै रहन्‍छौ। तिमीहरूले चीज-बीज राख्‍न त राख्‍छौ तर बचाउन सक्‍दैनौ। तिमीहरूले केही कुरो बचाइहाल्‍यौ भने पनि म त्‍यो लडाइँमा नष्‍ट पारिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ खान त खान्‍छस्, तर अघाउँदैनस्, र तेरो पेट अझै भोकै रहनेछ। तैंले सञ्‍चय त गर्छस्‌ तर जोगाउँदैनस्, किनभने जे जोगाउँछस्‌ त्‍यो म तरवारलाई दिइहाल्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले खानेछौ, तर तृप्‍त हुनेछैनौ; तिमीहरूको पेट अझै भोकै रहनेछ। तिमीहरूले भण्डारण त गर्नेछौ, तर केही पनि बचाउन सक्नेछैनौ; किनकि तिमीहरूले जे बचत गर्छौ, म त्यो तरवारलाई दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुले भोजन गर्नेछौ तर तिम्रो पेट भरिने छैन। अनि फेरि तिमी भोको हुनेछौ। तिमीले मानिसहरुलाई बचाउने कोसिस गर्छौ तर तिमीले जसलाई बचाउँछौ म त्यसलाई तरवारले काटिदिनेछु।