Micah 6:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू ओम्री राजा र तिनका छोरा आहाब राजाको दुष्ट चालमा चलेका हुनाले यी कुरा पूरा हुनेछन्। तिमीहरूले तिनीहरूको नीति अपनाइराखेका छौ। यसकारण म तिमीहरूलाई ध्वंस पार्नेछु र सबैले तिमीहरूलाई हेला गर्नेछन्। सबै ठाउँका मानिसहरूले तिमीहरूलाई घृणाको दृष्टिले हेर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले ओम्रीका कानूनहरू र आहाबको घरानाका सारा काम पालन गरेको छस्, र तँ तिनीहरूका परम्पराको पछि लागेको छस्। यसकारण म तँलाई नाश गर्नेछु, र तेरा मानिसहरूलाई खिसीको पात्र तुल्याउनेछु। तैंले जाति-जातिहरूको गिल्ला सहनुपर्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले ओम्रीका नियमहरू र आहाबका घरानाका सबै विधिहरू पालन गरेका छौ; तिमीहरूले तिनीहरूका परम्पराहरूलाई पछ्याएका छौ। यसकारण म तिमीहरूलाई नाश गर्नलाई दिनेछु, र तिमीहरूका मानिसहरूलाई गिल्लाको निम्ति दिनेछु; तिमीहरूले राष्ट्रहरूको अपमान सहनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
यस्तो किन हुन्छ? किनकि तिमीहरु ओम्रीको कानूनहरु पालन गर्छौ। तिमीहरु ती नराम्रा कुराहरु भन्छौ जुन कुराहरु आहाब का घरानामा गर्छन्। तिमीहरु उनीहरुको शिक्षा अनुसार चल्छौ। यसकारण म तिमीहरुलाई नष्ट पर्नेछु। तिम्रो शहरका मानिसहरु हाँसोको पात्र हुनेछन्। तिमीहरु अन्य राज्यहरुको घृणाको पात्र बनिनेछौ।”