Micah 6:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले हजारौं भेडाहरू वा बगेर नसकिने खोलाझैँ जैतुनको तेल ल्‍याएँ भने परमप्रभु खुसी हुनुहुन्‍छ? के म उहाँलाई मेरो पापको लागि जेठो छोरो चढाऊँ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के परमप्रभु हजारौँ भेड़ाहरू र तेलका दश हजार नदीसित प्रसन्‍न हुनुहुन्‍छ र? के म आफ्‍नो अपराधको लागि मेरो जेठो छोरालाई र मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई चढ़ाऊँ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के याहवेह हजारौँ भेडाहरू, जैतुन तेलको दश हजार खोलाहरूसँग प्रसन्‍न हुनुहुन्छ र? के म मेरो पापको निम्ति मेरो आफ्नै जेठो सन्तानलाई चढाऊँ? मेरो आत्माको पापको निम्ति मेरो आफ्नै शरीरको फललाई चढाऊँ?
Nepali ERV (पवित्र बाइबल)
के परमप्रभु एक हजार भेडा र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ? के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गरूँ?