Micah 6:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अँहँ, होइन! के कुरो असल छ, प्रभुले हामीलाई बताउनुभएको छ। हामीबाट उहाँले यी कुरा चाहनुहुन्‍छ; जे कुरा न्‍यायसङ्गत छ, त्‍यो गर्नू, निरन्‍तर प्रेम गर्नू र आफ्‍ना परमेश्‍वरअघि नम्रतासाथ जीवन बिताउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मानव-जाति, जे असल छ, त्यो उहाँले देखाउनुभएको छ। अनि याहवेहले तँबाट के चाहनुहुन्छ? केवल यति मात्र, न्यायपूर्वक काम गर्नू र दयालाई प्रेम गर्नू; अनि नम्र भएर आफ्ना परमेश्‍वरसित हिँड्नू।
Nepali ERV (पवित्र बाइबल)
हे मानिस! परमप्रभुले तिमीहरुलाई के असल छ त्यो भन्नु भएकोछ। परमप्रभुले तिमीहरुलाई उहाँ के चाहानु हुन्छ त्यो बताउनु भएको छ। मानिसहरुसंग तिमी साँचो बन, अरुसंग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।