Micah 7:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो केही आशा छैन! म एउटा भोको मानिसजस्‍तो छु, जसले न त रूखमा फल न त दाखबारीमा अङ्‌गुर पाउँदछ। सबै अङ्‌गुर र स्‍वादिला नेभाराहरू टिपिइसकेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई कस्‍तो कष्‍ट आइलागेको छ! म दाखबारीका शिला-बाला बटुल्‍ने समयमा ग्रीष्‍मऋतुको फल टिप्‍नेझैँ छु। खानलाई दाखको झुप्‍पा नै छैन, र मैले चाहेको पहिले पाक्‍ने अञ्‍जीर छैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई कस्तो दुर्गति आइलागेको छ! म दाखबारीमा ग्रीष्म ऋतुको फल बटुल्ने मानिसजस्तै छु; खानलाई कुनै अङ्‌गुरको झुप्पा नै छैन; मैले चाहेको पहिलो नेभाराको फल एउटै पनि छैन।
Nepali ERV (पवित्र बाइबल)
म व्यकुल छु। किन? किनकि म ग्रीष्म ऋतुको त्यो फल जस्तै जस्तै भएकोछु जो टिपिसकिएको छ। म त्यो दाख जस्तै भएको छु जो टिपिसकिएको छ। अब त्यहाँ एउटा पनि दाख रहेकोछैन। पहिले फलेको नेभारानै छैन जुन मलाई मन पर्थ्यो, त्यो एउटा पनि रहेको छैन।