Micah 7:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू सबै ठाउँबाट तिमीहरूकहाँ फर्किनेछन्; पूर्वमा अश्‍शूर देश, दक्षिणमा मिश्रदेश, यूफ्रेटिस नदीका छेउछाउका भू-भाग र टाढा-टाढाका समुद्र र पर्वतहरूबाट तिनीहरू फर्किनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन अश्‍शूरबाट र मिश्रका सहरहरूबाट, मिश्रदेखि लिएर यूफ्रेटिससम्‍मका र समुद्रदेखि लिएर समुद्रसम्‍मका र पर्वतदेखि लिएर पर्वतसम्‍मका मानिसहरू तिमीहरूकहाँ आउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन मानिसहरू तिमीहरूकहाँ आउनेछन्; अश्शूर र इजिप्टका सहरहरूबाट इजिप्टदेखि लिएर यूफ्रेटिस नदिसम्मका र टाढा-टाढाका समुद्रदेखि लिएर टाढा-टाढाका पर्वतसम्मका मानिसहरू तिमीहरूकहाँ आउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रा मानिसहरु तिम्रो भुमिमा फर्केर आउनेछन्। तिनीहरु अश्शूर र मिश्रदेशदेखि आउनेछन्। तिम्रा मानिसहरु मिश्र र यूफ्रेटिस नदीको अर्को भूमिबाट आउनेछन्, समुद्रदेखि लिएर समुद्रसम्मका र पर्वतदेखि पर्वतसम्मका मानिसहरु आउनेछन्।