Micah 7:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू साँपझैँ धुलोमा घस्रनेछन्। तिनीहरू काम्दै डरले आफ्ना किल्लाहरूबाट निस्कनेछन्। तिनीहरू डरले परमप्रभु हाम्रा परमेश्वरतिर फर्कनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले साँपले झैँ, जमिनमा घस्रने जन्तुलेझैँ धूलो चाट्नेछन्। आफ्ना गुफाहरूबाट थरथर काम्दै तिनीहरू डरले आउनेछन्। परमप्रभु हाम्रा परमेश्वरकहाँ तिनीहरू भयमा आउनेछन् र तिमीहरूसित डराउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले सर्पले जस्तै र जमिनमा घस्रने प्राणीहरूले जस्तै धुलो चाट्नेछन्। तिनीहरू थरथर काम्दै आफ्ना गुफाहरूबाट निस्केर आउनेछन्; तिनीहरू याहवेह हाम्रा परमेश्वरकहाँ डरसहित फर्कनेछन्, र तिनीहरू उहाँसँग डराउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुले जमीनमा घस्रने साँपले झैं धूलो चाट्नेछन्, र तिनीहरु डरले काम्नेछन्। तनीहरु परमप्रभु हाम्रा परमेश्वरकहाँ घस्रने किरा झैं तिनीहरुका किल्लाहरुबाट आउँनेछन्। तिनीहरु तिमीहरुसित डराउँनेछन्।