Micah 7:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमध्ये सबैभन्दा असल र इमानदार भनाउँदाहरू पनि काम नलाग्ने काँडे-झारजस्तै बेकामका छन्। परमेश्वरले आफ्नो प्रजालाई न्याय गर्ने दिन आइपुगेको छ। उहाँले अगमवक्ताहरूद्वारा यसबारेमा चेतावनी दिनुभएको थियो। अहिले तिनीहरू व्याकुल छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमध्येको सबैभन्दा असलचाहिँ काँढ़ाजस्तै छ, सबैभन्दा सोझोचाहिँ काँढ़ाको झाँगभन्दा खराब छ। तिमीहरूका पहरादारहरूको दिन आएको छ, अर्थात् त्यो दिन जब परमेश्वरले तिमीहरूलाई भेट गर्न आउनुहुन्छ। अब तिनीहरूलाई खलबलाउने समय भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूमा सबैभन्दा असल मानिस पनि तीखो काँडाजस्तै छ, सबैभन्दा सोझो पनि झाडीको काँडाभन्दा खराब छ। परमेश्वरले तिमीहरूलाई भेट गर्ने समय आएको छ; तिमीहरूका पहरेदारहरूका चेतावनीको आवाज आएको छ। अहिले तिमीहरूको अन्योलको समय हो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुका अगमवक्ताले भनेका थिए, “यस्तो दिन आउनेछ, तिमीहरुका प्रहरीहरुको दिन आउँदैछ। अब तिमीहरुलाई सजाय दिनेछन्। तिमी अन्योलमा पर्नेछौ।