Micah 7:9 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले परमप्रभुको विरुद्धमा पाप गरेको हुनाले केही समयको लागि उहाँको क्रोध सहनैपर्नेछ। तर अन्तमा उहाँले हाम्रो पक्षमा बोल्नुहुनेछ र हामीमाथि भएको अन्यायको न्याय गर्नुहुनेछ। उहाँले हामीलाई ज्योतिमा ल्याउनुहुनेछ। हामी उहाँको उद्धार देख्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जबसम्म उहाँले मेरो वकालत गर्नुहुन्न, र मेरो हक पक्का गरिदिनुहुन्न, तबसम्म म परमप्रभुको क्रोध सहनेछु, किनभने मैले उहाँकै विरुद्धमा पाप गरेको छु। उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ, र म उहाँको धार्मिकता देख्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मैले उहाँको विरुद्धमा पाप गरेको छु, जबसम्म उहाँले मेरा निम्ति मुद्दा लड्नुहुन्न, र मेरो अधिकार स्थापित गर्नुहुन्न, तबसम्म म याहवेहको क्रोधलाई सहनेछु। उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ; म उहाँको धार्मिकतालाई हेर्नेछु।