Nahum 1:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्ना प्रजा इस्राएललाई यसो भन्नुहुन्छ, “अश्शूरीहरू बलिया र सङ्ख्यामा धेरै भए पनि तिनीहरू नष्ट पारिनेछन् र लोप हुनेछन्। मेरा प्रजा हो! मैले तिमीहरूलाई कष्ट दिएँ तर म फेरि त्यसो गर्नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्नुहुन्छ, “यद्यपि उनीहरू सामर्थी र अनगन्ती छन् तापनि उनीहरू बहिष्कृत हुनेछन्, र बितिजानेछन्। ए यहूदा, मैले तँलाई दु:ख दिएको छु, तापनि अब म फेरि तँलाई दु:ख दिनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ: “तिनीहरू अनगन्ती र धेरै मित्रराष्ट्रहरूका साथ भए तापनि तिनीहरू नष्ट हुनेछन् र मरेर जानेछन्। हे यहूदा, मैले तँलाई कष्ट दिए तापनि अब उसो म तँलाई फेरि कष्ट दिनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले यहूदासंग भन्नु हुन्छ, “अश्शूरका मानिसहरु अत्यन्तै शक्तिशाली छन्। तिनीहरुका सैनिकहरु अनगन्ती छन्, तर तिनीहरु काटिनेछन् अनि फ्याँकिने छन्। प्रत्तेकलाई शेष गरिनेछ। हे मेरा मानिसहरु! मैले तिमीहरुलाई धेरै कष्टहरु दिएँ, तर अब म तिमीहरुलाई अरु बेशी कष्ट पैदा गर्नेछैन।