Nahum 1:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अश्‍शूरीहरूबारे परमप्रभुले यस्‍तो हुकुम दिनुभएको छ, “तिनीहरूको कोही सन्‍तान रहनेछैन र तिनीहरूको नाम मेटिनेछ। तिनीहरूका देवताहरूका मन्‍दिरहरूमा भएका मूर्तिहरू म नाश पार्नेछु। अश्‍शूरीहरूको निम्‍ति म एउटा चिहान तयार पार्दै छु किनभने तिनीहरू बाँच्‍न योग्‍य छैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे निनवे, परमप्रभुले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ: “अब उप्रान्‍त तेरो नाउँ कायम राख्‍ने तेरो कोही सन्‍तान हुनेछैन। तेरा देवताहरूको मन्‍दिरमा कुँदिएका र ढालेर बनाएका मूर्तिहरू म सर्वनाश गर्नेछु। म तेरो चिहान तयार पार्नेछु, किनकि तँ दुष्‍ट छस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे निनवे, याहवेहले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ; “तेरो वंश थाम्नलाई तेरो कोही सन्तान हुनेछैन। म तेरा देवताहरूका मन्दिरमा भएका तेरा प्रतिमा र मूर्तिहरूलाई नष्‍ट पार्नेछु। म तेरो चिहान तयार पार्नेछु, किनकि तँ दुष्‍ट छस्।”
Nepali ERV (पवित्र बाइबल)
हे अश्शूरको राजा! तिम्रो सम्बन्धमा परमप्रभुले यो आज्ञा दिनुभएकोछ, तिम्रो नाउँ राख्नलाई तिम्रो कुनै सन्तान रहनेछैन।तिम्रो खोपेको अनि धातुले बनाएको मुर्ति जुन तिम्रो देवताको मन्दिरमा राखिएको छन्, म ती सबै ध्वंश पार्नेछु। म तिम्रा निम्ति चिहान बनाउँदैछु किनकि तिम्रो अन्तिम क्षण आउँदैछ।