Nahum 1:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर, खुसीको खबर ल्‍याएर पहाड पार गरी एउटा सन्‍देशवाहक आउँदै छ। त्‍यो सुख-शान्‍तिको खबर सुनाउन आउँदै छ। हे यहूदाका मानिसहरू हो! तिमीहरू आफ्‍ना चाड-पर्वहरू मनाओ र भाकलअनुसार परमेश्‍वरलाई भेटी चढाओ। ती दुष्‍टहरूले फेरि कहिल्‍यै तिमीहरूका देशमाथि हमला गर्नेछैनन्। तिनीहरू पूरा गरी नष्‍ट भएका छन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, सुसमाचार ल्‍याउने र शान्‍ति घोषणा गर्ने जनका खुट्टाहरू पहाड़हरूमा छन्‌। हे यहूदा, तिमीले आफ्‍ना चाड़हरू मनाओ, आफ्‍ना भाकलहरू पूरा गर। दुष्‍टहरूले अब उप्रान्‍त तिमीलाई आक्रमण गर्नेछैनन्‌। उनीहरू सम्‍पूर्ण रूपले सर्वनाश हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, पर्वतहरूमाथि सुसमाचार ल्याउने एउटा मानिसका पाउहरू, जसले शान्तिको प्रचार गर्दछ! हे यहूदा, तेरा चाडहरू मना, र आफ्ना भाकलहरू पूरा गर्। दुष्‍टहरूले तँलाई फेरि कहिल्यै आक्रमण गर्नेछैनन्; तिनीहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
हेर यहूदा! पहाडमाथिबाट त्यहाँ कोही आउँदैछ। हेर, कसैले सुसमचार लिएर आउँदैछ। हेर, त्यले भन्दैछ, ‘त्यहाँ शान्ति छ।’ यहूदा तिमी आफ्नो बिशेष भोज मनाऊ। यहूदा तिमी आफ्नो भाकल पुरा गर। फेरि दुष्टटले तिमीमाथि आक्रमण गर्नेछैनन्। ती सबै दुष्टहरु ध्वंश पारिनेछन्।