Nahum 1:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु परमेश्वरले आफ्ना विरोधीहरूलाई सहनुहुन्न, उहाँको विरोध गर्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। उहाँले आफ्नो क्रोधमा तिनीहरूसित बदला लिनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु डाही र बदला लिने परमेश्वर हुनुहुन्छ। परमप्रभुले बदला लिनुहुन्छ र क्रोधले भरपूर हुनुहुन्छ। परमप्रभुले आफ्ना दुश्मनहरूलाई बदला लिनुहुन्छ, र शत्रुहरूका लागि क्रोध साँचिराख्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह डाही र बदला लिने परमेश्वर हुनुहुन्छ; याहवेहले बदला लिनुहुन्छ र क्रोधले भरिनुहुन्छ। याहवेहले आफ्ना शत्रुहरूलाई बदला लिनुहुन्छ, र उहाँले आफ्ना शत्रुहरू विरुद्ध क्रोध साँचेर राख्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु ईर्षलु र बद्ला लिने परमेश्वर हुनुहुन्छ। परमप्रभुले दोषीहरुलाई दण्ड दिनुहुन्छ। परमप्रभुले उहाँको बिरोधिलाई दण्ड दिनुहुन्छ र एकदमै क्रोधित हुनुहुन्छ। परमप्रभुले उहाँका शत्रुहरुलाई दण्ड दिनुहुन्छ र उनीहरुसंग एकदमै क्रोधित हुनुहुन्छ।