Nahum 1:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु छिट्टै रिसाउनुहुन्न, तर उहाँ शक्तिशाली हुनुहुन्छ र अपराधीहरूलाई दण्ड नदिई छोड्नुहुन्न। परमप्रभु हिँड्ने बाटोमा आँधी चल्दछ, बादलहरूचाहिँ उहाँको खुट्टाले उडाएको धुला हुन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु रीस गर्नमा धैर्यवान् हुनुहुन्छ र उहाँ अति शक्तिशाली हुनुहुन्छ। दोषीलाई परमप्रभुले दण्ड नदिई छोड्नुहुन्न। भुमरी र आँधीमा उहाँको बाटो छ, र बादलहरूचाहिँ उहाँका खुट्टाका धूला हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह रिस गर्नमा धीरजी, तर पराक्रममा महान् हुनुहुन्छ। याहवेहले दोषीलाई दण्ड नदिई छोड्नुहुन्न। उहाँको मार्ग भुमरी र आँधीमा छ; अनि बादलहरू उहाँका पाउको धुलो हुन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु धैर्यशील हुनुहुन्छ, तर उहाँ अत्यन्तै शक्तिशाली पनि हुनुहुन्छ अनि उहाँले दोषीलाई दण्ड दिनुहुन्छ। उहाँले तिनीहरुलाई भाग्न दिनुहुदैन। हेर, परमप्रभु दुष्ट जनहरुलाई दण्ड दिन आउँदै हुनुहुन्छ। उहाँले आफ्नो शक्ति देखाउनको निम्ति भुवँरी र आँधिहरु ल्याउनु हुँनेछ। मानिसहरु यो पृथ्वीमा माटोमाथि हिंड्छन् तर परमप्रभु बादलमाथि हिंड्नुहुन्छ।