Nahum 1:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ रिसाउनुहुँदा को बाँच्‍न सक्‍छ र? उहाँको डरलाग्‍दो रिसअघि को टिक्‍न सक्‍छ? उहाँले आफ्‍नो बल्‍दो रिस खन्‍याउनुहुन्‍छ, उहाँको सामुन्‍ने चट्टानहरू चकनाचुर हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका रीसको अगि को उभिन सक्‍छ? उहाँको भयङ्कर रीस कसले सहन सक्‍छ? उहाँको क्रोध आगोझैँ खन्‍याइन्‍छ, र उहाँको सामुन्‍ने चट्टानहरू टुक्रा-टुक्रा पारिन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको बल्दो रिसको सामु को उभिन सक्छ र? उहाँको भयङ्कर क्रोध कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्छ; उहाँको सामु चट्टानहरू फुटेर चकनाचुर हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको भयानक रिसको अघि कोही पनि उभिन सक्तैन। कसैले पनि परमप्रभुको भयानक रिस सहन सक्तैन। उहाँको क्रोध आगो झैं हुन्छ। जब उहाँ आउनुहुन्छ तब चट्टानहरु पनि टुक्रा-टुक्रा हुन्छन्।