Nahum 2:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे निनवे! तँलाई विध्वंस पार्ने तँमाथि आइलागेको छ। तेरा किल्लाहरू बलियो बना, बाटोमा पहरेदार राख्! लडाइँको निम्ति तयारी गर्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे निनवे, एउटा छापामार तेरो विरुद्धमा बढ्दैछ। किल्लाको सुरक्षा गर्, बाटो राम्ररी हेर्, कम्मर कस्, तेरो पूरा बल लगा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे निनवे, तेरो विरुद्धमा एक जना आक्रमणकारी आउँदैछ। किल्लाको रक्षा गर्, बाटोमा पहरा दे, आफ्नो कम्मर कस्, र आफ्नो पूरा शक्ति लगाएर लडाइँको तयारी गर्!
Nepali ERV (पवित्र बाइबल)
हे निनवे, तिम्रो बिरूद्धमा युद्ध गर्ने शत्रुहरु आउँदैछन्। यसकारण तिमीले आफ्नो शहर शक्तिशाली भूमिहरु सुरक्षित राख। बाटोमा रक्षागर र युद्धका निम्ति तयार होऊ। लडाईंका निम्ति तत्पर होऊ।