Nahum 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निनवे नाश भएको छ, त्‍यागिएको छ, त्‍यो उजाड भएको छ। मानिसहरूका हृदय डरले गल्‍दछन्। घुँडाहरू काँप्‍दछन्; बल हराउँछ, चेहराहरू डरले पहेंला हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो लूटपीट गरियो, लुटियो र नाङ्गो पारियो। हृदयहरू गल्‍छन्, घुँड़ाहरू काँप्‍छन्, र सारा शरीरमा पीडा छ, सबै चेहराहरू पहेँला-पहेँला हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो उजाड भएकी छे, लुटिएकी छे, निर्वस्त्र पारिएकी छे! अनि हृदयहरू पग्लन्छन्, घुँडाहरू काँप्दछन्, शरीरहरू काँप्छन् र प्रत्येक अनुहार डरले पहेँलो हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
अब निनवे रित्तियो। प्रत्येक चिज चोरियो। शहरको बिनाशभयो। मानिसहरुको साहस हरायो तिनीहरुको हृदय डरले गलेकोछ। तिनीहरुको घुँडाहरु काम्दैछन्, तिनीहरुको शरीर काम्छ, तिनीहरुको अनुहार डरले पहेंलो भएकाछन्।