Nahum 2:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिंहको गुफाजस्तो त्यो सहर, जवान सिंहहरूको खाना खाने ठाउँ, जहाँ सिंह र सिंहनी डुल्दथे, जहाँ तिनका डमरुहरू कुशलसाथ बस्दथे। त्यस्तो सिंहको गुफाजस्तो त्यो सहर अहिले खोइ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साना-साना सिंहहरूलाई खुवाउने गुफा खोइ? जहाँ सिंह र सिंहनी डमरुहरूसमेत नडराई हिँड्दथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले सिंहको गुफा कहाँ छ, जहाँ सिंह र सिंहनीले आफ्ना डमरुहरूलाई खुवाउँथे, जहाँ सिंह, सिंहनी, र डमरुहरू समेत नडराई हिँड्दथे।
Nepali ERV (पवित्र बाइबल)
सिंहहरुको गुफा अब खोई? जहाँ सिंह अनि सिंहिनी बस्दथिए। उनीहरुको डम्मरूहरु निर्भय साथ रहन्थे।