Nahum 2:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिंहले आफ्नो शिकार त्यहाँ मार्दथ्यो र त्यसका सिंहनी र डमरुहरूको निम्ति टुक्रा-टुक्रा पार्दथ्यो। शिकार मारी चिथोरेर ल्याएको मासुले गुफा भरिपूर्ण रहन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना डमरुहरूलाई प्रशस्त हुने गरी सिंहले शिकार मार्थ्यो, र त्यसकी सिंहनीको निम्ति पशुहरूलाई फहराउँथ्यो। त्यसले आफ्ना ओड़ारहरू शिकार गरेर ल्याएका पशुहरूले र आफ्ना गुफाहरू आफ्नो शिकारले भरपूर पार्दथ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जहाँ सिंहले आफ्ना डमरुहरूका निम्ति प्रशस्त शिकार गर्थ्यो, र सिंहनीको निम्ति शिकारको घाँटी निमोठ्थ्यो; त्यसले आफ्ना गुफाहरू शिकार गरेका पशुहरूले र आफ्ना ओडारहरू शिकारहरूको मासुले भरिराख्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
जुन सिंहहरुले आफ्ना डम्मरूहरु र सिंहिनीहरुको निम्ति कति शिकार मारेको थियो, अनि आफ्नो गुफा भरेको थियो। त्यसले आफ्नो ओढारमा शिकार गरेर ल्याएका पशुहरुले र चिथोरेका मासुहरुले भरपुर पार्थ्यो।