Nahum 2:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रथहरू बाटोहरूमा खुब वेगले हानिएर जान्छन् र सहरका चौडा चोकहरूका बीचबाट भएर यताउता दगुर्छन्। तिनीहरू बल्दो राँकोझैँ झल्याक-झुलुक हुन्छन् र बिजुली चम्केझैँ दगुर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रथहरू सड़कमा खूब वेगसित हाँकिन्छन्, र चोकहरूमा तिनीहरू अगि-पछि गर्दै जोडले कुद्छन्। तिनीहरू जलिरहेका राँकाहरूजस्तै देखिन्छन्, तिनीहरू बिजुलीजस्तै वेगले कुद्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका रथहरू सडकहरूमा वेगसँग दौडिन्छन्; ती चोकको बीचबाट यता र उता दौडिरहन्छन्। तिनीहरू बलिरहेको राँकोजस्तै देखिन्छन्; तिनीहरू बिजुली चम्केझैँ वेगले दौडन्छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुका रथहरु बाटोमा अत्यन्तै बेगसित दौडन्छन्। तिनीहरु खूल्ला मैदानमा यताउता गरिरहन्छन्। तिनीहरु बलिरहेको राँको जस्तै, ठाउँ-ठाउँबाट बिजुली चम्किरहे जस्तै देखिन्छन्।