Nahum 2:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अधिकृतहरूलाई हाजिर हुने आदेश भएको छ, तिनीहरू ठोकर खाँदै, हुत्तिंदै अघिल्‍तिर आउँछन्। हमला गर्नेहरू पर्खालतिर दगुरेर जान्‍छन् र रक्षा गर्ने ठूलो ढाल तयार पारिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले आफ्‍ना चुनिएका सेनाहरूलाई हाजिर गराउँछ, तापनि उनीहरू आफ्‍नो बाटोमा धरमरिन्‍छन्‌। उनीहरू आतुरीसाथ सहरको पर्खालतिर दगुर्छन्‌। रक्षा गर्ने ढाल त्‍यसकै ठाउँमा राखिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निनवेले आफ्ना चुनिएका सेनाहरूलाई बोलाउँछ, तर पनि तिनीहरू आफ्नो बाटोमा ठक्‍कर खाएर लड्छन्। तिनीहरू सहरका पर्खालतिर ठोकिन्छन्; रक्षा गर्ने ढाल ठिक ठाउँमा राखिन्छ।
Nepali ERV (पवित्र बाइबल)
शत्रुले आफ्नो सर्वोत्तम सेनाहरुलाई बोलाइरहेका छन्। तर जब तिनीहरु बाटोमा कदम मिलाएर अघि बढ्छन् तब तिनीहरु धर्मराउँछन्। तिनीहरु भित्तातिर आतुरिंदै अघि बढ्छन् अनि तिनीहरुको रक्षा ढाल भित्ता भत्काउने यन्त्रमाथि राख्छन्।