Nahum 2:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भत्‍केको बाँधबाट पानी निस्‍केझैँ निनवेबाट मानिसहरू हतारिएर निस्‍कन्‍छन्, “पख! पख!” भनी कराएको सुनिन्‍छ, तर कसैले पनि पछि फर्केर हेर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निनवेचाहिँ पानीको दहजस्‍तै छ, त्‍यसको पानी सुक्‍दैगइरहेछ। “पख्‌! पख्‌।” भनेर कराउँदा पनि कसैले पछि फर्केर हेर्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निनवे एउटा पोखरीजस्तै छ, जसको पानी सुकेर गइरहेको छ। “पर्ख! पर्ख!” भन्दै तिनीहरू कराउँछन्, तर कोही पनि पछि फर्केर हेर्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
निनवे पानीको तलाऊ जस्तैछ जसको पानी बगेर गइरहेकोछ। मानिसहरु चिच्याउँदै भन्दैछन्, “पर्ख! पर्ख! भागेर नजाऊ।” तर न त कोही रोकिए न त कसैले त्यसको वास्ता नै गरे।