Nahum 3:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा सबै किल्‍लाहरू पाकेका नेभाराका बोटहरूझैँ हुनेछन्, बोट हल्‍लाउनु मात्र पर्छ, खानेहरूको मुखमा फल झर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा सबै किल्‍लाहरू पहिला फसल पाकेका अञ्‍जीरका रूखहरूजस्‍तै छन्‌। ती हल्‍लाउँदा अञ्‍जीरहरू खानेको मुखैमा खस्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा सबै बलिया किल्‍लाहरू नेभाराका रूखहरूजस्तै, पाकेका पहिलो फलले भरिएका छन्; जब ती बोटहरूलाई हल्‍लाइन्छ, तब ती नेभाराहरू खानेहरूका मुखैमा झर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
तर निनवे, तिम्रो सबै बलियो ठाउँहरु नेभाराको रुखहरु जस्तै हुनेछ। नयाँ नेभाराको फल पाकनेछ, कुनै एउटा मानिस आएर बोट हल्लाई दिन्छ र सबै नेभारा त्यो मानिसको मुखमा खस्छ। त्यसले सबै खान्छ र सबै सकिन्छ।