Nahum 3:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टुनामुना गरेर मन मोहित पार्ने र जाति-जातिलाई मोहनी लगाई आफ्‍ना कमारा बनाउने वेश्‍या निनवेले सजाय पाइरहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै एउटी वेश्‍या, टुनामुना गर्नेकी एउटी मालिक्‍नीको निर्लज्‍ज कामवासनाको कारणले हो, जसले आफ्‍नो वेश्‍यापनद्वारा जाति-जातिहरूलाई, र आफ्‍नो टुनामुनाद्वारा मानिसहरूलाई दास बनाउँथी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै त्यस वेश्याको कामुकताको कारणले गर्दा हो; त्यो टुनामुनाद्वारा लोभ्याउने मालिक्नी हो, जसले आफ्नो वेश्यावृत्तिद्वारा राष्ट्रहरूलाई र आफ्नो तन्त्रमन्त्रले जातिहरूलाई दास बनाउँथी।
Nepali ERV (पवित्र बाइबल)
यी सबै निनवेको कारणले भएको हो। निनवे वेश्या जस्तै छे जो कहिल्यै पनि तृप्तिहुँदिन। त्यसलाई अझै धेरै-धेरै चाहिन्छ। उसले अझै धेरै देशमा आफुलाई बेच्यो अनि त्यसले उसलाई आफ्नो दास बनाउँन टुना-मुना गर्यो।