Nehemiah 1:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो प्रार्थना सुन्नुहोस्। तपाईंलाई आदर गर्न चाहने तपाईंका अरू सबै दासहरूका प्रार्थना सुन्नुहोस्। मलाई आज सफलता दिनुहोस् र राजालाई मतिर दयालु बनाउनुहोस्।” ती दिनमा म राजाको मद्य टक्र्याउने एउटा अधिकारी थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्यानसित कान थाप्नुहोस्, र तपाईंका नाउँको सम्मान गर्न प्रसन्न हुने तपाईंका दासहरूको प्रार्थना सुन्नुहोस्। आज यस मानिसको उपस्थितिमा आफ्नो सेवकमाथि कृपा देखाई उसलाई सफलता दिनुहोस्।” त्यस बेला म राजाको मद्य टक्र्याउनेहरूका अधिकृत थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रभु, तपाईंको कान तपाईंको यस सेवकको प्रार्थना र तपाईंको नामको डर मान्नलाई खुशी हुने तपाईंका सेवकहरूका प्रार्थनाप्रति ध्यान केन्द्रित रहून्। राजाको उपस्थितिमा निगाह प्राप्त गर्न दिएर तपाईंको सेवकलाई सफलता दिनुहोस्।” म राजालाई दाखमद्य टक्राउने अधिकृत थिएँ।
Nepali ERV (पवित्र बाइबल)
हे मेरा परमप्रभु तपाईंका कान तपाईंको सेवकको प्रार्थना र तपाईंका समस्त सेवकहरूको प्रार्थना सुन्न ध्यानमय रहुन् जसले तपाईंलाई सम्मान गर्न चाहन्छन्, यी मानिसहरूलाई दया देखाएर तपाईंको सेवक मलाई सफलता दिनुहोस्।” म त्यसबेला राजाको दाखरस दिने सेवक थिएँ।