Nehemiah 1:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसै बेला हनानी नाम भएको मेरो एउटा भाइ एक दल मानिसहरूसँग यहूदाबाट आइपुग्‍यो। मैले उनीहरूलाई यरूशलेमको बारेमा र बेबिलोनियाको कैदबाट फर्किगएका आफ्‍ना यहूदा भाइ-बन्‍धुहरूका बारेमा सोधपुछ गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मेरा दाजुहरूमध्‍येका एक जना हनानी अरू कोही मानिससँग यहूदाबाट आइपुगे। मैले यरूशलेमको र कैदबाट अरू बाँचेका यहूदीहरूको विषयमा तिनीहरूसित सोधपूछ गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मेरा दाजुभाइहरूमध्येका एक जना हनानी केही मानिसहरूसित यहूदाबाट आए। तब मैले तिनीहरूलाई कैदबाट बाँकी रहेका यहूदीहरूको बारेमा र यरूशलेमको बारेमा पनि सोधेँ।
Nepali ERV (पवित्र बाइबल)
अनि मेरा एकजना भाई हनानी केही अन्य मानिसहरूसहित यहूदाबाट म कहाँ आए। मैले तिनीहरूलाई बाँकिरहेका यहूदी कुलहरूका बारेमा सोधें जो काराबासबाट उम्केका थिए। अनि यरूशलेमको बारेमा मैले सोधें।