Nehemiah 1:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे परमप्रभु, स्‍वर्गका परमेश्‍वर, तपाईं महान् हुनुहुन्‍छ, हामी तपाईंको भय मान्‍छौं। तपाईंका आज्ञा मान्‍ने र तपाईंलाई प्रेम गर्नेहरूसँग गर्नुभएको आफ्‍नो करार तपाईंले विश्‍वासयोग्‍यतासाथ पूरा गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले भनें: “हे परमप्रभु, स्‍वर्गका परमेश्‍वर, महान्‌ र भययोग्‍य परमेश्‍वर, तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञा पालन गर्नेहरूसँग तपाईंले आफ्‍नो करार विश्‍वाससित राख्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले भनेँ: “हे याहवेह, स्वर्गका परमेश्‍वर, महान् र भययोग्य परमेश्‍वर, तपाईंले तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञापालन गर्नेहरूप्रति आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मैले भनें, “परमप्रभु, स्वर्गका परमेश्वर, महान र भययोग्य परमेश्वर उहाँको करारमा विश्वास योग्य हुनुहुन्छ। जसले उहाँलाई प्रेम गर्छन् र उहाँका आदेशहरू पालन गर्छन्।