Nehemiah 1:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरू मतिर फर्की आयौ र मेरा आज्ञापालन गर्यौ भने म तिमीहरूलाई मैले छानेको मेरो आराधनास्थलमा फर्काई ल्याउनेछु। संसारका कुना-कुनासम्म तिमीहरू छरिएका छौ भने पनि म तिमीहरूलाई फर्काई ल्याउनेछु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘यदि तिमीहरू अविश्वासी भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नेछु, तर तिमीहरू मतिर फर्क्यौ र मेरा आज्ञाहरू पालन गर्यौ भने पृथ्वीको पल्लो छेउसम्म पनि कैदमा रहेका तिमीहरूका निर्वासित मानिसहरूलाई म भेला गर्नेछु, र मेरो नाउँको वासस्थान हुन मैले छानेको ठाउँमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तिमीहरू मकहाँ फर्क्यौ र मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरूका कैदमा लगिएका मानिसहरू पृथ्वीको पल्लो छेउमा भए तापनि म तिनीहरूलाई त्यहाँबाट बटुल्नेछु। अनि तिनीहरूलाई मैले आफ्नो नामको खातिर मेरो वासस्थान हुनलाई चुनेको ठाउँ यरूशलेममा ल्याउनेछु।’
Nepali ERV (पवित्र बाइबल)
तर यदि तिमीहरू म कहाँ फर्की आयौ भने र तिमीहरूले सावधानी साथ मेरा आदेशहरू पालन गर्यौ भने। तब तिनीहरूका कैदी मानिसहरू पृथ्वीको जहीं कहीं भएता पनि म तिनीहरूलाई त्यहाँ भेला गर्नेछु। अनि म तिनीहरूलाई त्यो स्थानमा ल्याउनेछु जुन मैले मेरो नाउँ राख्न चुनेको छु।”