Nehemiah 10:29 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा मुखियाहरूसँग एक भएर यो शपथ खाएका छौं कि हामी परमेश्‍वरले मोशाद्वारा दिनुभएको व्‍यवस्‍था-विधिअनुसार आफ्‍ना जीवन बिताउनेछौं। यो वाचा भङ्ग गरेमा हामी परमेश्‍वरको सराप-दण्‍डको भागिदार बन्‍नेछौं। परमेश्‍वर परमप्रभुले दिनुभएको आज्ञा पालन गर्नेछौं र उहाँका सबै व्‍यवस्‍था र आदेशहरू पालन गर्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सबैले आफ्‍ना भारदार दाजुभाइहरूसित मिलेर परमेश्‍वरका दास मोशाद्वारा दिइएको परमेश्‍वरको व्‍यवस्‍था मान्‍न र परमप्रभु हाम्रा परमेश्‍वरका सबै आज्ञा, नियम र धर्म-विधिहरू पालन गर्न आफूमाथि सरापको बन्‍धन राखी शपथ खाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब परमेश्‍वरका सेवक मोशाद्वारा दिइएको परमेश्‍वरको व्यवस्था पालन गर्न र याहवेह हाम्रा परमेश्‍वरका सबै आज्ञाहरू, नियमहरू र आदेशहरू होसियारीसाथ पालन गर्नलाई आफ्ना अगुवा इस्राएली दाजुभाइहरूसित मिले। अनि तिनीहरूले आफूलाई श्राप-दण्डको भागीदार र व्यवस्था पालन गर्नलाई शपथ खाए।