Nehemiah 10:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा देशमा बास गर्ने विदेशी मानिसहरूसँग हामी अन्‍तरजातीय बिहावारी गर्नेछैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हामी आफ्‍ना छोरीहरू वरिपरिका मानिसहरूसित विवाह गरिदिनेछैनौं, अथवा हाम्रा छोराहरूका निम्‍ति उनीहरूका छोरीहरू ल्‍याउनेछैनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हामी आफ्ना छोरीहरूलाई हाम्रा चारैतिर भएका विदेशी मानिसहरूसँग विवाह गर्न दिनेछैनौँ, र तिनीहरूका छोरीहरूलाई हाम्रा छोराहरूका निम्ति लिनेछैनौँ भनी हामी प्रतिज्ञा गर्छौँ।
Nepali ERV (पवित्र बाइबल)
“हामी वचन दिन्छौ कि यो मूमिमा हाम्रा छोरीहरूलाई पत्नीको रूपमा अन्य मानिसहरूलाई दिने छैनौं। अनि हामी तिनीहरूका छोरीहरूलाई हाम्रा छोराहरूका पत्नीको रूपमा लिने छैनौं।