Nehemiah 10:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती विदेशीहरूले विश्रामका दिन वा अरू पवित्र दिनमा बेच्‍नलाई ल्‍याएका अन्‍न वा अरू वस्‍तुहरू हामी किन्‍नेछैनौं। हरेक सातौँ वर्ष हामी जमिनमा अन्‍न लाउनेछैनौं र सबै ऋण छोडिदिनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि शबाथमा यी मानिसहरूले व्‍यापारका माल वा अन्‍न बेच्‍न ल्‍याए भने, हामी शबाथ अथवा अरू कुनै पवित्र दिनमा उनीहरूबाट किन्‍नेछैनौं। प्रत्‍येक सातौँ वर्ष हामी खेतबारीमा उब्‍जनीको काम गर्नेछैनौं, र सबै ऋणहरू माफी गरिदिनेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब छिमेकी मानिसहरूले व्यापारका मालसामानहरू अथवा अन्‍न शब्बाथमा बेच्न ल्याउँछन्, तब हामी तिनीहरूबाट शब्बाथ अथवा अरू कुनै पवित्र दिनमा किनमेल गर्नेछैनौँ। प्रत्येक सातौँ वर्षमा हामी जमिन खनजोत गर्नेछैनौँ र सबै ऋणहरू माफी गरिदिनेछौँ।
Nepali ERV (पवित्र बाइबल)
“यदि यस भूमिका मानिसहरूले बेच्ने कुराहरू वा कुनै अन्न बेच्नका निम्ति विश्रामको दिनमा ल्याए हामी तिनीहरूबाट विश्रामको दिनमा अथवा अन्यकुनै पवित्र छुट्टिका दिनमा किन्ने छैनौ। हामी सातौं वर्षको बालीहरू त्याग गर्नेछौ। अनि ऋणका निम्ति बन्दककी राखेको कुनै पनि बस्तु फिर्ता दिने छौं।