Nehemiah 10:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्दिरको सेवाको निम्ति पवित्र रोटी, दैनिक अन्नबलि, होमबलिको लागि पशुहरू, विश्रामको दिन, औंसी र अरू चाड-पर्वमा चाहिने भेटीहरू, इस्राएलको प्रायश्चितका निम्ति पापबलि र अरू मन्दिरलाई चाहिने पदार्थहरू हामी दिनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी वर्षैपिच्छे शेकेलको एक तिहाइ दिन आफ्नो दायित्व स्वीकार गर्छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टेबुलमा राखिने रोटीको निम्ति; नियमित अन्नबलि र होमबलिको निम्ति; शब्बाथहरूमा भेटीको निम्ति, औँसीका चाडहरूमा र तोकिएका चाडहरूका निम्ति; पवित्र भेटीहरूको निम्ति; इस्राएलको निम्ति प्रायश्चित गर्न पापबलिको निम्ति; अनि हाम्रा परमेश्वरको भवनका सबै सेवाहरूका निम्ति उत्तरदायित्व पालन गर्नेछौँ।
Nepali ERV (पवित्र बाइबल)
त्यो पैंसा रोटीको पंक्तिहरू किन्नको निम्ति खर्च हुनेछ। र अन्नबलि प्रत्येक दिन होमबलिहरू, विश्राम-दिन, औंसी, ठहराइएका चाडहरू, पवित्र चीजहरू, इस्राएललाई शुद्ध गर्ने पाप बलिहरू अनि सबै अरू कुराहरू परमेश्वरको मन्दिरका निम्ति आवश्यक पर्छ।