Nehemiah 10:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्यवस्थामा लेखेअनुसार बलि चढाउँदा चाहिने दाउरा इस्राएलका वंशले पालैपालो गरेर वर्षेनी दिनेछन्। पूजाहारी, लेवी र मानिसहरू सबै मिली, चिट्ठा हालेर, कुन वंशले दाउरा दिने हो, त्यो हामी वर्षेनी खटाउनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हामी पूजाहारीहरू, लेवीहरू र मानिसहरूले व्यवस्थामा लेखिएअनुसार परमप्रभु हाम्रा परमेश्वरको वेदीमा जलाउन वर्षैपिच्छे ठहराइएको समयमा पालैपालो परिवार-परिवार गरी हाम्रा परमेश्वरको भवनमा दाउरा ल्याउनका निम्ति चिट्ठा हालेका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हामी पुजारीहरू, लेवीहरू र मानिसहरूले व्यवस्थामा लेखिएअनुसार, तोकिएका समयहरूमा प्रतिवर्ष हाम्रो प्रत्येक परिवारले याहवेह हाम्रा परमेश्वरको वेदीमा जलाउने काठ कहिले ल्याउनुपर्ने भनी जान्नलाई चिट्ठा हालेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
“हामी पूजाहारीहरू लेवीहरू अनि मानिसहरूले व्यवस्थामा लेखिए अनुसार परमप्रभु हाम्रा परमेश्वरको वेदिमा जलाउनका निम्ति प्रत्येक वर्ष तोकिएको समयमा कुलहरूले परमेश्वरको मन्दिरमा ल्याउनु पर्ने काठ अर्पण को सम्बन्धमा चिट्टा लगाए।