Nehemiah 10:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भेटीमा सङ्‌ग्रह भएका अन्‍न, दाख-मद्य र भद्राक्षको तेल, इस्राएली र लेवीहरूको मन्‍दिरको ठूल्‍ठूला कोठामा जम्‍मा गर्नेछन्, जहाँ मन्‍दिरका काम गर्ने पूजाहारी, पहरादार र अरू कारिन्‍दाहरूका बास गर्ने कोठाहरू छन्। हाम्रा परमेश्‍वरको भवनलाई हामी अवहेलना गर्नेछैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूले, लेवीहरूले समेत अन्‍न, नयाँ दाखमद्य र तेलका दान पवित्रस्‍थानका भाँड़ाहरू राख्‍ने कोठाहरूमा र त्‍यहाँ सेवा गर्ने पूजाहारीहरू, द्वारपालहरू र गवैयाहरू बस्‍ने ठाउँमा ल्‍याउनेछन्‌। हामी परमेश्‍वरका भवनको अवहेलना गर्नेछैनौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका मानिसहरू, लेवीहरूले समेत तिनीहरूका अन्‍न, नयाँ दाखमद्य र जैतुन तेलको भाग भण्डारहरूमा ल्याउनुपर्छ, जहाँ पवित्रस्थानका सामानहरू राखिन्छन् र जहाँ सेवा गर्ने पुजारीहरू, द्वारपालहरू र सङ्गीतकारहरू बस्छन्। “हामी हाम्रा परमेश्‍वरको भवनलाई अवहेलना गर्नेछैनौँ।”
Nepali ERV (पवित्र बाइबल)
किनभने इस्राएलका मानिसहरू अनि लेवीहरूले अन्नको भेटी ल्याउनु पर्छ नयाँ दाखरस भेटी अनि तेलको भेटी भण्डार कक्षमा ल्याउनु पर्छ। जहाँ पवित्र भाँडा वर्त्तनहरू छन्, जहाँ कार्यमा रहेका पूजाहारीहरू, द्वार, रक्षकहरू अनि गवैयाहरू छन्। “हामीले हाम्रो परमेश्वरको मन्दिरलाई तुच्छ सम्झनु हुँदैन।”