Nehemiah 11:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मीयकाका छोरा र जब्‍दीका नाति मत्तन्‍याह, जब्‍दी आसापका परिवारका थिए। धन्‍यवादको प्रार्थना गाउँदा, मन्‍दिरका गवैयाहरूको अगुवाइ मत्तन्‍याहले गर्थे। मत्तन्‍याहको सहायक, बक्‍बुक्‍याह। शम्‍मूअका छोरा र गालालका नाति, अब्‍दा। गालाल यदूतूनको परिवारका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मत्तन्‍याह, जो मीयकाका छोरा, जो जब्‍दीका छोरा, जो आसापका छोरा थिए। तिनी स्‍तुति-प्रशंसा र प्रार्थनाको सेवाका निर्देशक थिए। तिनका सहयोगीहरूमध्‍ये दोस्रो स्‍थान लिने बक्‍बुक्‍याह थिए। अब्‍दा, जो शम्‍मूअका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धन्यवाद र प्रार्थनाको अगुवाइ गर्ने निर्देशक, मीकाका छोरा मत्तन्याह, जो जब्दीका छोरा, जो आसापका छोरा थिए; मत्तन्याहका सहयोगीहरूमा दोस्रो बक्बुक्याह; अनि शम्मूअका छोरा अब्दा, जो गलालका छोरा, जो यदूतूनका छोरा थिए।
Nepali ERV (पवित्र बाइबल)
अनि मतन्याह मीकाका छोरा, जब्दीका छोरा आसापका छोरा, स्तुतिका अगुवा जसले प्रार्थनामा धन्यवाद ज्ञापन गरे, अनि बकबुक्याह तिनका सहयोगीहरूमा दोस्रो अनि अब्दा शम्मूअका छोरा गालालका छोरा यदूतूनका छोरा।