Nehemiah 11:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍य सहरहरूमा इस्राएलका मानिसहरू: पूजाहारी, लेवी, मन्‍दिरका कामदारहरू र सोलोमनका चाकरहरूका सन्‍तानहरू सबै आफ्‍नै धन-सम्‍पत्ति लिएर आ-आफ्‍ना सहरमा बास गर्थे। यहूदा प्रान्‍तदेखि यरूशलेममा आएर बास गर्ने मुख्‍य-मुख्‍य नागरिकहरू यिनीहरू थिए:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेममा बस्‍ने प्रदेशका अगुवाहरू यिनै थिए। कोही इस्राएलीहरू, पूजाहारीहरू, लेवीहरू, मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानहरूचाहिँ यहूदाका सहरहरूमा भएका आफ्‍नै निजी जग्‍गाजमिनमा बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनीहरू प्रदेशका अगुवाहरू थिए, जो यरूशलेममा बसोबास गर्थे। (अब केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका कर्मचारीहरू र सोलोमनका चाकरहरूका सन्तानहरू यहूदामा विभिन्‍न सहरहरूमा आफ्नै सम्पत्ति लिएर बसेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यिनीहरू ग्रामीण अगुवाहरू हुन् जो यरूशलेममा बस्थे। तर यहूदाको शहरहरूमा, सबैजना तिनीहरूको शहरहरूमा आफ्ना सम्पत्तिमा बस्थे इस्राएलका केही मानिसहरू, इस्राएल पूजाहारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका सन्तानहरू।