Nehemiah 11:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जानोह, अदुल्‍लाम सहरहरू र तिनका छेउछाउका गाउँहरूमा, लाकीश र त्‍यस छेउका खेतबारीमा, आजेका र त्‍यस छेउका गाउँ-बस्‍तीहरूमा पनि बस्‍थे अर्थात् यहूदा कुलका मानिसहरू दक्षिणमा बेर्शेबादेखि उत्तरमा हिन्‍नोमको बेसीसम्‍म बास गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जानोह, अदुल्‍लाम र त्‍यसका बस्‍तीहरू, लाकीश र त्‍यसका खेतहरू, र आजेका र त्‍यसका बस्‍तीहरूमा बस्‍थे। यसरी तिनीहरूले बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्‍मको देश ओगटे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जानोह, अदुल्‍लाम र तिनीहरूका गाउँहरूमा, लाकीश र त्यसका खेतहरूमा, र अजेका र त्यसका बस्तीहरूमा, यसरी तिनीहरू टाढामा रहेको बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्म बसेका थिए।
Nepali ERV (पवित्र बाइबल)
जानोह, अद्‌दूलाम अनि तिनीहरूका गाउँहरू लाकीश अनि त्यसका खेतहरू अजेका अनि त्यसका वरिपरिका स-साना गाउँहरू। यसरी तिनीहरू बेर्शेबा देखि लिएर हिन्नोमको बेंसीसम्म अधिकार गरेर बसे।